- Loading...
प्रचण्डको बिउ कुहीसक्यो : भूसाल
- गोल्डेन खबर
- २ साल अघि
- १२५ पटक पढिएको
काठमाडौं। पूर्वमन्त्री तथा नेकपा एमालेका नेताका प्रभावशाली नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताउनु भएको छ । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन आफू कसम खाएर लागेको उहाँको भनाई छ । कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा पूर्वमन्त्री भूसालले कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न भइरहेको बताउनुभयो ।
‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं’ उहाँले भन्नुभयो , ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध पार्नेछौं ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार एक कार्यक्रम ‘एमालेमा आफूले माओवादी बिउ रोपेर आएको र केही समयपछि फल्छ’ भन्ने अभिव्यक्ति दिएपछि पूर्व कृषिमन्त्री भूसालले त्यसको प्रतिवाद गर्नुभएको छ । ‘आजकोआवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ, अब यी उम्रिदैनन्, एमालेमा तपाइँले रोपेको माओवादीको बिउ कुहीसक्यो’ उहाँले भन्नुभयो, ( कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’