FLASH NEWS
- Loading...
वामदेवले घोषणा गरे नयाँ पार्टी, श्रीमती र छोरा पनि केन्दीय सदस्य
- गोल्डेन खबर
- २ साल अघि
- १२० पटक पढिएको
काठमाडौं । नेकपा विभाजनपछि मध्यमार्गी भूमिकामा रहनु भएका पूर्व उपप्रधानमन्त्री वाममदेव गौतमले नयाँ पाटी घोषणा गर्नु भएको छ ।
नेता गौतमले मंगलबार दिउँसो कार्यक्रम आयोजना गरी नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) नामको नयाँ राजनीतिक दल घोषणा गर्नु भएको हो ।
डिबी कार्की सचिव रहेको गौतमको नयाँ दल ६९ सदस्यीय रहेको छ । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको बताइएको छ ।
दलमा वामदेवको श्रीमती तुल्सा थापा र छोरा हरिसदेव पनि केन्द्रीय समिति सदस्य रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस