- Loading...
आज एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै
- गोल्डेन खबर
- २ साल अघि
- ८७ पटक पढिएको
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज दिउँसोदेखि शुरु हुँदैछ । प्रज्ञा भवन, कमलादीमा हुने परिषद् बैठक अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।
बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ । गत वर्ष स्थापना भएको एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो ।
बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका सचिवहरु, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष, प्रदेश सम्पर्क कमिटीका अध्यक्ष, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।
केन्द्रीय परिषदमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रतिनिधि पनि सहभागी हुनेछन् । केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट अनुमोदन भएर आएको स्थानीय तह निर्वाचन समीक्षा सम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ ।