FLASH NEWS
  • Loading...

वरिष्ठ पत्रकार त्रिपाठी पक्राउ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १९९ पटक पढिएको
वरिष्ठ पत्रकार त्रिपाठी पक्राउ

काठमाडौं । इम्बोष्ट नम्बरविरुद्ध प्रदर्शन गर्दा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

इम्बोष्ट नम्बरविरुद्ध शुक्रबार बिहान काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिरहेको बेला वरिष्ठ पत्रकार त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

लामो समय पत्रकारितामा सक्रिय रहनु भएका त्रिपाठी अहिले भने एकीकृत शक्ति नेपाल नामको राजनीतिक दल खोलेर त्यसको संयोजक बन्नुभएको छ । उहाँको पार्टीले इम्बोष्ट नम्बरविरुद्ध प्रदर्शन गरेको हो ।

प्रहरीले त्रिपाठीसहित एकीकृत शक्ति नेपालका सचिव सुभाष पाण्डे लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित