- Loading...
मन्त्री हेरफेरको निर्णयले समाजवादीमा लफडा
- गोल्डेन खबर
- २ साल अघि
- ९५ पटक पढिएको
काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा लफडा शुरु भएको छ । पार्टीको निर्णय विपरीत अहिलेका मन्त्रीले पद छाड्न नखोजेपछि एकीकृत समाजवादीमा लफडा भएको हो ।
एकीकृत समाजवादीले गएको जेठ २२ यसअघि ६ महिनाको लागि भनेर सरकारमा पठाइएका अहिलेका मन्त्रीलाई फिर्ता गरेर नयाँलाई पठाउने निर्णय गरेको थियो । नेतृत्वले पार्टीको निर्णय कायान्वयनको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर नयाँ मन्त्रीको शपथ तयारी हुन थालेकै बेला विवाद भएको हो ।
अहिलेका मन्त्रीहरुले आफूहरुलाई तत्काल पदबाट नहटाउन शुक्रबार नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले १० जना सांसदहरुको हस्ताक्षरसहित पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
‘हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँु पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्रमा खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले हस्ताक्षर गर्नुभएको छ । संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्।