- Loading...
मन्त्री छाडेपछि एमालेमै फर्कने प्रेम आलेको तयारी
- गोल्डेन खबर
- २ साल अघि
- १६० पटक पढिएको
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा एमालेमै फर्कने आलेको तयारीमा लागेका छन् । आलेले मन्त्री छाडेपछि एमालेमै फर्कन तयारी तीव्र पारेको स्रोत बताउँछ ।
आले ओली सरकारमा वन मन्त्री थिए । ओली सरकार ढलेपछि उहाँ मन्त्री बन्नकै माधवकुमार नेपालको पक्षमा आएका हुन् । उनी गएको असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका थिए । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि आलेले एमालमै फर्कन विभिन्न माध्यमबाट अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क बढाइरहेको स्रोत बताउँछ ।
मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न पठाएको भएको स्रोतको भनाई छ । स्रोतका अनुसार एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरूले आलेसहित एमालेमा फर्कन ओली निवास बालकोटमा छलफल शुरु गरेका छन् ।
आले आफैँले पनि ओलीको विश्वास पात्र समेत रहनुभएका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग निरन्तर छलफल गरिरहेकोे स्रोतले बतायो । समाजवादीका मन्त्री हेरफेर गर्ने चर्चा चलिरहँदा आलेले नेम्वाङसँग प्रत्यक्ष र टेलिफोन सम्वाद गरेको स्रोतको भनाई छ ।