FLASH NEWS
- Loading...
पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गयो
- गोल्डेन खबर
- २ साल अघि
- ११२ पटक पढिएको
काठमाडौं । पाकिस्तान रअफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले अफगानिस्तान र पाकिस्तानका केही भागमा बुधबार बिहान ६.१ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ ।
यूएसजीएसका अनुसार दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको हो। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
त्यस्तै पाकिस्तानीमा बुधबार बिहान शक्तिशाली भूकम्प त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार भूकम्प इस्लामवाद र देशका अन्य भागमा महशुस गरिएको छ।
लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर ईएमएससीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस