FLASH NEWS
  • Loading...

अमेरिका भ्रमणबारे जानकारी माग्न प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाउने निर्णय

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९२ पटक पढिएको
अमेरिका भ्रमणबारे जानकारी माग्न प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाउने निर्णय


काठमाडौं । संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण बारे जानकारी माग्ने भएको छ । त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय समितिमा बोलाइने भएको छ ।

प्रतिनिसिभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकले आसन्न अमेरिका भ्रमणबारे सोध्न असार ५ गते प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।

बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा नारायण खड्कालाई समेत समितिमा बोलाउने निर्णय गरेको छ । यसका लागि पत्राचार गरिने समिति सभापति पवित्रा निरौलाले बताउनु भयो ।

बैठकमा समिति सदस्यहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । छलफलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभएको थियो ।

सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्नचिन्ह उठेको बताउँदै अमेरिकामा विभिन्न सहमति हुने चर्चा सुनिएकोले प्रष्ट पार्नुपर्ने बताउनु भयो । सांसद भीम रावलले समितिमा जानकारी गराउँदा प्रधानमन्त्रीले अपमानका रूपमा सोच्न नहुने बताउनु भयो ।

बैठकमा अन्य सदस्यले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित