- Loading...
चुनाव मंसिरमै सकेसम्म एकै चरणमा हुन्छ : प्रचण्ड
- गोल्डेन खबर
- २ साल अघि
- ९४ पटक पढिएको
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिरमा हुने बताउनु भएको छ । माओवादी अध्यक्ष दाहालले सोमबार बर्दियाको बेलभारमा संचारकर्मीहरुसँग त्यस्तो बताउनु भएको हो ।
‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ, उहाँले भन्नुभयो, प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’
अध्यक्ष दाहालले निर्वाचन एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिनुभएको छ । । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ, उहाँले भन्नुभयो, तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ । ‘तर फेरि सेक्युरिटीको हिसाबले, अरु हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’