- Loading...
लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित
- गोल्डेन खबर
- २ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं। लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९, ८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले जेठ २५ गते प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि प्रदेशसभाले आइतबार वहुमतबाट पारित गरेको हो ।
बैठकमा सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजना ल्याएको भन्दै आलोचना गर्नुभएको थियो ।