FLASH NEWS
  • Loading...

यो कांग्रेसको एकलौटी सरकार होइन, तपाईंहरुले धेरै क्लेम नगर्नूस् : प्रधानमन्त्री देउवा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९२ पटक पढिएको
यो कांग्रेसको एकलौटी सरकार होइन, तपाईंहरुले धेरै क्लेम नगर्नूस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले पार्टीले चाहेअनुसार काम गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । प्रधानमन्त्रीले आइतबारबाट काठमाडौँमा शुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा त्यस्तो बताउनु भएको हो ।

‘एउटा कुरा के बुझ्नुपर्‍यो भने तपाईंहरुले, यो कांग्रेसको एकलौटी सरकार होइन, सम्मेलनमा उहाँले भन्नुभयो, यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन। अरु कतिपय तपाईंहरुले अति महत्वपूर्ण कुराहरु उठाउनुभएको छ। कतिपय बजेटमा आएका छन्। छैनन् भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौँ।’

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उहाँको भनाई छ ।

‘कोभिड १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ, उहाँले भन्नुभयो, सरकारले कोभिड १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियानलगायतका कार्यक्रमहरुले हाल कोभिड नियन्त्रणमा आए पनि रुस–युक्रेन द्वन्द्वका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गज्रिरहेको छ। यसले श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ। यस चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनःस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ।’

प्रधानमन्त्रीले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदूर हकहितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनु भयो । ट्रेड युनियन कांग्रेस लगायत मुलुकका अन्य ट्रेड युनियनहरुले श्रमिकहरुको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्रीले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित