FLASH NEWS
  • Loading...

इन्भेस्टमेन्ट र मेगा बैंकबीच मर्जर सहमति, नेपालकै ठूलो बैंक बन्यो

  • गोल्डेन खबर
  • २ साल अघि
  • १८९ पटक पढिएको
इन्भेस्टमेन्ट र मेगा बैंकबीच मर्जर सहमति, नेपालकै ठूलो बैंक बन्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच अन्तत मर्जरमा जाने सहमति भएको छ।

मर्जरबारे शुक्रबार बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

इन्भेष्टमेन्ट बैंकको सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर ९१ बराबर ०।९ प्रतिशत स्वाप रेसियो० हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको जानकारी शुक्रबार आयोजित मर्जरसम्बन्धी कार्यक्रममा दिइएको थियो। बैँकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड हुने सहमति पनि बैठकमा गरिएको छ।

अहिले इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। मर्जरपछि यो नेपालकै सबैभन्दा ठूलो बैँक हुनेछ। मर्जरपछि स्वाप रेसियोअनुसार चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित