- Loading...
मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : ओली
- गोल्डेन खबर
- २ साल अघि
- १२६ पटक पढिएको
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै एमालेले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा व्यक्त गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत बताउनुभयो ।
ओलीले मुलुकमा एमालेमात्र वामपन्थी पार्टी रहेको दाबी गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप समेत लगाउनु भयो । ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनु भयो ।
उहाँले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको समेत उल्लेख गर्नुभयो । ‘मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन’, उहाँले भन्नुभयो ।
ओलीले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।