FLASH NEWS
  • Loading...

१२ देखि १७ वर्ष उमेरलाई आजदेखि बुस्टर डोज लगाइँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • १९९ पटक पढिएको
१२ देखि १७ वर्ष उमेरलाई आजदेखि बुस्टर डोज लगाइँदै

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीर्ला आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदैछ । कोरोनाविरुद्धको खोप दोस्रो मात्रा लगाएका ३ महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहलाई भएको पुसमा कोरोनाविरुद्धको दोस्रो मात्रा दिइएको थियो । उनीहरुलाई शुक्रबारदेखिट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोपको बुस्टर डोज लगाउन थालिएको हो ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । ‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुन्छ,’ खोप शाखा प्रमुख सागर दाहालले भने, ‘पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।’

सेवा विभागका अनुसार फाइजर खोप बुस्टर लगाउँदा ० दशमलव ३ एमएल र मोडर्ना खोप बुस्टरको रुपमा दिँदा ० दशमलव २५ एमएल दिनुपर्ने हुन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित