FLASH NEWS
  • Loading...

नेविसंघले त्रिविको ताला आफैँ खोल्यो, निष्पक्ष छानविन गर्न माग

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२३ पटक पढिएको
नेविसंघले त्रिविको ताला आफैँ खोल्यो, निष्पक्ष छानविन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्याथी संघले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला आफैँ खोलेको छ । नेविसंघले त्रिविविरुद्ध आन्दोलन गर्दै ५ महिनाअघि लगाएको ताला शुक्रबार आफैँ खोलेको हो । तालाबन्दीको चौतर्फी विरोध भएपछि नेविसंघले आन्दोलन तत्कालको लागि स्थगित गर्दै ताल्चा खोलको हो ।

नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै तत्कालका लागि आन्दोलन कार्यकम स्थगित गरेको हो । नेविसंघले शुक्रबार विज्ञप्ति जारी गरी उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै तत्कालका लागि आन्दोलन कार्यकम स्थगित गरिएको जनाएको छ । त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानविन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ( विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनु पर्ने बेला आएको छ। तालाबन्दी भएपछि कुन कुन निर्णय केको आधारमा कहाँ बसेर गरियो रु अदालत र राष्ट्रिय मानव अधिकार आयोगले समेत संवाद र वार्ताबाट समस्या समाधानको बाटो रोज्न गरेको आग्रहलाई लत्याएर अमुक विद्यार्थी संगठनलाई उचाल्न खोजेको हो भने त्यो दुर्भाग्यपूर्ण छ र पदाधिकारीहरुले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको देखिन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित