- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
काठमाडौंको फोहोर आजदेखि उठ्ने
- गोल्डेन खबर
- २ साल अघि
- १९३ पटक पढिएको

काठमाडौं । काठमाडौं उपत्यकामा केही सातादेखि थुप्रिएको फोहार आजदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच बिहीबार राति भएको सहमतिपछि फोहोर उठ्ने वातावरण बनेको हो । महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ ।
फोहार सम्बन्धी समस्या समाधानको उपाय खोज्न महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच बिहीबार राति बैठक भएको थियो । बैठकमा लामो छलफलपछि राति १ बजे सहमति जुटेको हो । महानगर र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच फोहोर ढुवानी रातिमा मात्र गर्ने सहमति भएको छ । त्यसको लागि सडक र ल्याण्डफिल साइटमा आवश्यक बत्ती महानगरपालिकाले जडान गर्ने सहमतिमा भएको छ ।
सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी २ महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायत बुँदा सहमतिमा उल्लेख छ ।