FLASH NEWS
- Loading...
नेपाली रुपैयाँ कमजोर, डलर उचाइमा
- गोल्डेन खबर
- २ साल अघि
- १७१ पटक पढिएको

काठमाडौं । रुस र युक्रेन युद्धले नेपाली रुपैयाँ झन् कमजोर अवस्थामा पुगेको छ। युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ।
नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ। बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४ दशमलव ६८ रुपैयाँ बिक्री दर तोकेको छ।
करिब ३ सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ। बुधबार अमेरिकी डलरको विनियम दर १२४ दशमलव ६४ रुपैयाँ थियो ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस