- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
काठमाडौंका मेयर बालेन्द्र र फ्रान्सका राजदूतबीच भेटवार्ता
- गोल्डेन खबर
- २ साल अघि
- १२२ पटक पढिएको

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेटवार्ता गरेका छन्। मेयरको कार्यकक्षमा बुधबार भएको भेटवार्ता नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण लगायतका विषयमा केन्द्रित रहेको महानगरपालिकाले जनाएको छ।
हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ’, मेयर साहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दै छौँ।’
भेटवार्तामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे। भेटवार्तामा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।