FLASH NEWS
  • Loading...

वर्षायाममा सडक खन्न रोक

  • गोल्डेन खबर
  • २ साल अघि
  • १४३ पटक पढिएको
वर्षायाममा सडक खन्न रोक


काठमाडौं। वर्षायाममा सडक खन्न नपाइने भएको छ । वर्षायाममा सडक खन्दा जताततै हिलाम्मे हुने लगायतका समस्या हुने गरेपछि सडक विभागले त्यसयाममा सडक खन्न रोक लगाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको छ ।

सडक विभागले विज्ञप्ति जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने उल्लेख गरेको छ ।

विभागले कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित