FLASH NEWS
  • Loading...

फागु पूर्णिमा मर्यादित र संयमतिरूपमा मनाऔँ-प्रहरी प्रवक्ता

  • गोल्डेन खबर
  • २ साल अघि
  • १४२ पटक पढिएको
Post Thumbnail


फागु पूर्णिमा (होली) पर्वका लागि नेपाल प्रहरीले काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन गर्ने भएको छ । होलीको दिन हुने भिडभाड र कोलाहालका बिच हुने अवैध कार्य नियन्त्रणका लागि काठमाडौंको विभिन्न स्थानहरुको १७ सय प्रहरी परिचनालन गर्ने भएको हो ।

वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । १७ सयबाहेक रिजर्भ फोर्ससमेत सुरक्षाका लागि परिचालन गरिने प्रहरीले बताएको छ ।

त्यस्तै होलीमा जबरजस्ती रङ दल्नेलाई मुद्दा चलाउने भएको छ । होली पर्वलाई अमर्यादिन ढंगबाट मनाउने वा जबरजस्ती अरुको अनुमतिविना रङ दल्ने वा लोला हान्नेलाई प्रहरीले अभद्र व्यवहारको मुद्धा चलाउने भएको हो । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुने प्रहरीले जनाएको छ ।

होलीमा इच्छाविपरीतका कार्य भए प्रहरीले कानुनी कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

एसपी मैनालीले भने,‘पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुन्छ । र इच्छाविपरित रङ दल्नेलाई अभद्र व्यवहारको मुद्धा चलाइने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित