- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
प्रधानन्यायाधीश महाभियोग प्रस्तावमाथिको छलफल चैत्र २ गते
- गोल्डेन खबर
- ३ साल अघि
- १५९ पटक पढिएको


काठमाडौं, २९ फागुन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको १ फागुनमा दर्ता भएको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन चैत्र २ गते निर्धारण गरेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्नुभएको छ ।
प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ ।