FLASH NEWS
  • Loading...

बलात्कार आरोपित सांसद बाँनिया निलम्बित

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

मुगुबाट समानुपातिक सांसद बनेका एमालेका मोहन बानियाँ बलात्कारको आरोपमा निलम्बित भएका छन् । आइतबारको को बैठकमा सभामुख सापकोटाले बलात्कार सम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा पर्नुभएकाले सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराउनुभयो ।
आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बानियाँ पक्राउ परेका थिए । महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले गत सोमबार नेपालगन्ज विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको थियो ।

जबर्जस्ती करणी अभियोगमा उजुरी परेपछि बानियाँविरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौंबाट नेपालगन्ज आउने क्रममा उनलाई बाँके प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सांसद बानियाँले गत १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै होटेलमा बोलाएको र त्यहीँ जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उनले २७ माघमा उजुरी दिएकी थिइन । प्रहरीले त्यसबारे जानकारी गराउँदा बानियाँले आफैँ उपस्थित हुने बताए पनि फरार रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित