FLASH NEWS
  • Loading...

नयाँबानेश्वर क्षेत्र आज पनि तनाबग्रस्त

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १५ फागुन । सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरोधमा प्रदर्शन चर्किएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसीविरोधी आन्दोलन चर्किएको हो ।

आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ ।

आजै बस्ने अर्को सेसनमा भने एमसीसी निणर्यार्थ पेश गरिने र पास गराउने सरकारको तयारी छ ।

यसको लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुले पार्टीबाट निणर्य गराएर एमसीसीको पक्षमा मतदान गर्ने निणर्य गरिसकेका छन् ।

यसअघिदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ ।

एमसीसी राष्ट्रको हितमा नभएको भन्दै उनीहरुले तत्काल एमसीसी खारेजीको माग गरेका छन् ।
आज नयाँ बानेश्वर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित