- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
नेकपा माओवादी केन्द्रले गठबन्धन तोडिए पनि समर्थन फिर्ता नलिने
- गोल्डेन खबर
- ३ साल अघि
- ११२ पटक पढिएको


नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निणर्य गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको हाई कमाण्ड बैठक बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निणर्य गरेको हो ।
गठबन्धन जोगाउन नसके सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको हाई कमाण्ड बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सम्पन्न भएको हो । तत्काल सरकारबाट बाहिरिनुपरे पनि बाहिरिने तर सरकारलाई दिएको समर्थन हाल फिर्ता नलिने निश्कर्ष निकालेको छ । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धनमा दरार पैदा भएको छ ।
बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने लगायतका विषयमा केन्द्रीत रहेको एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल भएको बताईएको छ । छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ-आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि तयारी थालेका छन् । उनले सकेसम्म आफू सत्ता गठबन्धनकै सहयोगमा एमसीसी पास गराउने पक्षमा रहेको बताउँदै आएका छन् । तर, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन् ।
उनीहरुले एमसीसीमा मतदान भए विपक्षमा भोट हाल्ने बताईसकेका छन् । योसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको सहकार्यको लागि प्रस्ताव गरेका छन् । कांग्रेसले एमालेसँग सहकार्यको गृहकार्य गर्न थालेपछि नेकपा (माओवादी केन्द्र) ले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे छलफल गरेको छ । माओवादी केन्द्रका एक नेताकाअनुसार तत्काल सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निणर्य भएको जनाए ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले देउवा र प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आ-आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए