FLASH NEWS
  • Loading...

नयाँ बानेश्वर क्षेत्रमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२० पटक पढिएको
Post Thumbnail


काठमाडौं, १२ फागुन । एमसीसीलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन भैरहेका छन् । सरकारले एमसीसी सदनमा पेश गरेसँगै एमसीसीविरोधी आन्दोलन चर्किएको छ । सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था पनि मजबुद बनाएको छ ।

संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ । सरकारमा भएकै पार्टीका भातृ संगठनहरु समेत एमसीसीको विरोधमा सडकमा उत्रिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले भने प्रदर्शनमा उत्रिएकाहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना एमसीसीकै कारण गठबन्धन भत्किने संकेत गरेका छन् । प्रतिनिधि सभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन बन्ने बिग्रिने प्रक्रिया चलिरहने बताए ।

’गठबन्धन भत्किन्छन्, बिग्रिन्छन् । त्यो ठूलो कुरा होइन । एमसीसीमा यहाँ दुईथरी मान्छेहरु छन् । महाशक्तिको पछि लाग्ने र जनताको पक्षमा लाग्नेबीच कहिल्यै सहमति हुन सक्दैन,’ उनले भने ।

उनले देश र जनताको लागि आफूहरुको आवाज कहिल्यै कमजोर नहुने बताए । ’एमसीसीकै कारण सडक तात्ने मात्र होइन, आवश्यकताअनुसार बल्छ पनि,’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित