FLASH NEWS
  • Loading...

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि १ बजे

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको गौतमले जानकारी दिनुभयो ।

बुधबार सार्वजनिक भएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि छलफल हुने उल्लेख थियो । कार्यसूची निर्धारणका निम्ति बिहीबार बसेको कार्यव्यवस्था समिति बैठकमा सहमति नजुटेपछि विशेष कारण देखाउँदै बैठक स्थगित भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित