FLASH NEWS
  • Loading...

सम्भावित कार्यसूचीमा (एमसीसी) टेबल हुने भएको छ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail

प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ । अर्थमन्त्री शर्माले एमसीसी प्रस्तुत गर्नु हुने भएको छ । आज बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो । संसद सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो ।

प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । संघीय संसद् भवनमा बसेको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल भएको हो । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

एमसीसी टेबल गर्ने विषयमा नेकपा माओवादी केन्द्रका तीन सांसदले भने लिखित असहमति जनाएका छन् । सांसदहरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले असहमति जनाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १६६ दिनयता जारी राखेको सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित