FLASH NEWS
  • Loading...

कम्तिमा एक सिट जितेका दललाई मात्रै चुनाब चिन्ह

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुलाई मात्र दलको चुनाव चिन्ह दिने भएको छ । राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था अनुसार आयोगले चुनावचिन्ह प्रदान गर्न लागेको हो । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।

स्थानीय चुनावमा यी ६ वटा दलले चुनाव चिन्ह्र पाउने भएका हुन् । (नेकपा एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल) ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित