FLASH NEWS
  • Loading...

एमसीसी टेबल भएमा सरकारबाट नै बाहिरिने माओबादी केन्द्रको निणर्य

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

नेकपा एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने बताउँदै सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

आज बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले संसदमा एमसीसी टेबल नगर्न अनुरोध गर्ने बताउँदै जबरजस्ती टेबल भएमा आफू सरकारबाट नै बाहिरिने बताए ।

नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निणर्य गरेको हो । एमसीसीमा रहेका असमान सर्त र असमान प्रावधान संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नसकिने भन्दै तत्काल यसलाई पास गर्न नसकिने माओवादीले निणर्य गरेको छ ।

सदन सुचारू गर्न जोड दिने निणर्य गर्दै माओवादी केन्द्रले सदन सुचारू नभएसम्म कुनै पनि एजेन्डा अगाडि बढाउन नसकिने जनाएको छ । यसका लागि विपक्षीसँग आग्रह गर्ने निणर्य माओवादी केन्द्रले गरेको छ ।

माओवादीले एमसीसी परियोजना अगाडी बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमती जुटाउनुपर्नेमा सबै सांसदहरुको एकमत रहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्न नसक्ने एक सांसदले स्पष्ट पारे । प्रमुख प्रतिपक्षलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उनले बताए ।

सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वतः तोडिने प्रमुख सचेतक देब गुरुङले बताए । गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताए । उनले भने, ‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमती बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो । गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन । सरकारबाट बाहिरीने कुराको बारेमा चाहीँ मैले भनिहाले नि, हामी पाँच दलको सहमती बिना, पाँच दलको निणर्य बिना सरकारको निणर्य हुन सक्दैन ।’

’सरकारको निणर्य पाँच दलको निणर्यको आधारमा हुन्छ । गठबन्धनको प्रणाली अनुसार दलहरुको सहमतीको आधारमा गठबन्धनको निणर्य नै सरकारको निणर्य हुन्छ । गठबन्धनको निणर्य बिना सरकारको निणर्य हुन सक्दैन । त्यसकारणले गर्दाखेरी गठबन्धनको निणर्य बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ। गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिने कुरा आउँछ ।’

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित