FLASH NEWS
  • Loading...

सभामुखको आह्वानमा बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

प्रधानन्यायाधीस माथीको महाअभियोग, विवादमा परेको एमसीसी परियोजना र संसदको जारी गतिरोधका विषयमा छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रतिनिधिसभाका सभामुखको आह्वानमा बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ । बैठकमा एमाले भने सहभागी छैन ।

सभामुखसग असन्तुष्ट रहँदै आएको एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठकको आवश्यकता नरहेको भन्दै नजाने निणर्य गरेको थियो ।
एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।

जारी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायतका दलका प्रतिनिधि सहभागी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बसेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित