FLASH NEWS
  • Loading...

एमसीसीको बिषयमा प्रचण्ड र नेपालको अडान कायमै ः अहिले एमसीसी पारित गर्न सकिँदैन

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नु पर्ने बताएका थिए । तर, प्रचण्ड-नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने बताएका थिए ।

यसअघि एसीसी पारित गराउनेबारे प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । सत्ता साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबाबमा छन् ।

नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नु पर्ने पक्षमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित