FLASH NEWS
  • Loading...

स्थानीय निर्वाचनमा जनमत पार्टीले अवरोध गर्ने चेतावनी

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने जिकिर गरे ।


पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौँ,’ राउतले भने, नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई/मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौँ ।’

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै राउतले भने, हामी निर्वाचनमा जान आतुर छौँ । निर्वाचनमा जानु अगाडी सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्‍यो । किनकी एकैदनिमा यो समस्या समाधान हुने होइन ।’

यो निर्वाचनबाट कुनै ठुलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भने, किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडी हाम्रा नेताहरू दौडिरहेका छन् ।’

अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने राउतले बताए । उनका अनुसार मौसम प्रतकिूलका कारण राजमार्ग केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको हो ।

कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको राउतको आरोप छ । डेढ महनिादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित