- Loading...
विश्वप्रसिद्ध सरस्वतीको बरदपुत्री गायिका लता मंगेशकरको निधन
- गोल्डेन खबर
- २ साल अघि
- १२९ पटक पढिएको
विश्वप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । सरस्वतीको बरदपुत्री, स्वर कोकिला उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।
कोरोना सङ्क्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।
भएपछि मुम्बईको ब्रीच क्याण्डी अस्पताल भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।
दर्जनौ नेपाली गीत समेत गाउनुभएकी लताले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।