FLASH NEWS
  • Loading...

एमसीसीले गठबन्धनमा हलचल मच्चायो

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ ।

सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी पास गर्न सरकारलाई सहमति दिइसकेको स्रोतको दावी छ । यही विषयमा ठोस निणर्यमा पुग्न संसद बेठक १० दिन पर सारिएको जानकारहरु बताउछन् ।

सत्तारुढ गठबन्धनको शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदबाट तत्काल एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफु रहेको बताएपछि गठबन्धनमा खटपट देखिएको हो ।

उहाँले एमसीसी पास नगर्ने हो भने सत्ता गठबन्धन टुट्नसक्ने चेतावनी दिएपछि सम्झौता पास गराउन लगभग समहति जुटेको बताईएको छ ।

तर एमसीसीका विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा भने सहमति जुट्न सकेको छैन । कर्यादलमा सरकारको तर्फबाट सदस्य रहनुभएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की गठबन्धनमा केही समस्या नहरेको र एमसीसी पास हुने बताउनुहुन्छ ।

तर कार्यदलका अन्य दुई सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा अडिक हुनुहुन्छ ।

कार्यदलका सदस्यझलनाथ खनाल भन्नुहुन्छ-
“एमसीसीको विषय अहिले पाँच दलीय गठबन्धनभित्र रहेको एउटा असहमतिको विषय हो । यसमा पाँच दलभित्र पनि सहमति छैन । राष्ट्रिय रूपमा पनि सहमति छैन । यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढनुपर्छ । त्यसकारण तत्काल एमसीसी अगाडि बढ्ने अवस्था म देख्दिनँ ।

प्रधानमन्त्रीजीले त अलि अघिदेखि नै एमसीसीको विषयमा निणर्य गरौं भनेर भन्दै आउनुभएको छ । त्यो उहाँको व्यक्तिगत विचार होला । तर, पाँच दलीय गठबन्धनको विचार होइन । पाँच दलीय गठबन्धनले छलफल गरेर के गर्ने भन्ने विषयमा एउटा सहमतिको टुंगोमा नपुगीकन यो विषय अगाडि बढने सम्भावना नै छैन । कार्यदलको काम सकियो । हामीले अध्ययन गरेर हाम्रो कुरा प्रधानमन्त्रीलाई भनिसक्यौं ।

अनेक विषयमा हाम्रा सहमतिहरू छन् । असहमतिका आधारमा गठबन्धन बनेकै होइन । सहमतिका विषयमा गठबन्धन बनेको हो । त्यसकारण असहमतिको विषय अहिले तत्काल त्यसरी उठाउनु पनि हुँदैन र पाइँदैन पनि । सहमतिका साथ अगाडि बढ्ने भएकाले गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित