FLASH NEWS
  • Loading...

देउवा तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२९ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै दलभित्र संविधान अनुसार समयमै चुनावको मिति तोक्न दबाब बढिरहेको छ ।
देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् ।

देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा प्रधानमन्त्री रहेको खुलाएका हुन् । देउवाले गठबन्धनको आजको बैठकमा पनि निर्वाचन सम्बन्धी ऐन संशोधनभन्दा पनि समयमै चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

देउवाले जेठ, कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने विकल्पबारे छलफल बढाएको बुझिएको छ । उनले कानून व्यवसायीहरुसँग पनि यसबारे परामर्श थालिसकेका छन् ।

गठबन्धनमा रहेका दलका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल पहिले प्रतिनिधि सभा या एकसाथ तीन तहको चुनावको पक्षमा छन् । उनीहरु चुनाव धकेल्न खोजिरहेका छन् । प्रचण्डले चुनाव पहिले गर्ने हो भने प्रतिनिधिसभाको गर्नुपर्ने प्रस्ताव समेत गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पहिले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ । दलहरुबाट आएका भिन्न मतलाई दृष्टिगत गरी देउवाले मध्यमार्गी बाटो निकाल्दै प्रस्ताव ल्याउने बुझिएको छ । उनले मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशको चुनावलाई केही अगाडि सारेर तीन तहको चुनावलाई एकसाथ गर्न प्रस्ताव गर्ने तयारी रहेको निकट स्रोतले बताएको छ । जेठ या मंसिरमा तीन तहको चुनाव गर्नेबारे पनि छलफल गर्न खोजेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित