FLASH NEWS
  • Loading...

प्रधानमन्त्री निवासमा आगामी निर्वाचनबारे तीन नेताबीच छलफल

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail

काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बिहान तीन नेताबीच आगामी निर्वाचनबारे छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभा निर्वाचनको समीक्षा एवम् आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित