FLASH NEWS
  • Loading...

वैशाखमा एसईई, जेठमा कक्षा-१२ को परीक्षा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । यस वर्षको एसईई परीक्षा आउँदो वैशाखमा गराउन राष्ट्रिय परीक्षा बोर्डले तयारी सुरु गरेको छ । कोभिड-१९ को असरले गर्दा दुर्गम क्षेत्रमा ढिलो पढाइ सुरु भएकोले पढाइ चैतसम्म सकाउने र त्यसपछि परीक्षा गर्ने बोर्डको लक्ष्य हो ।

विगत दुई वर्षमा कोभिड-१९ का कारणले एसईईको परीक्षा राम्ररी हुन सकेको थिएन । “विद्यार्थीमा अन्योलता रहेकोले यसबारेमा समयमै जानकारी दिन सूचना प्रवाह गरेका हौँ,” बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ।

उनका अनुसार चैतसम्म पठनपाठन गर्ने सुझाव आएपछि वैशाखमा एसईई र जेठमा कक्षा-१२ को परीक्षा गर्न बोर्डले तयारी थालेको हो ।

बोर्डले शैक्षिकसत्र खेर जान नदिन सबै कुरा मिलाउनका लागि समयमै छलफल अघि बढाएको जनाएको छ । शर्माले भने, “ विगतमा कोभिडको कारणले तालिका प्रभावित भयो । तर, यसपटक परीक्षा हुन्छ र पठनपाठनमा विद्यार्थीको ध्यान जाओस् भनेर हो ।”

संघीयताको मर्मानुसार कक्षा-८ को स्थानीय तहबाट, १० को प्रदेश तहबाट र कक्षा-१२ को परीक्षा केन्द्रीय तहबाट हुने भन्ने छ । उनले कक्षा-१० को परीक्षा मोडालिटीबारे छलफल सुरु गरिएको जानकारी दिए । कक्षा-१० को परीक्षा तालिकाबारे पनि छलफल चलिरहेको उनको भनाइ छ ।

उनी भन्छन्, “अहिले विश्वविद्यालय र लोकसेवा आयोगकै परीक्षा रोकिएको अवस्थामा परिस्थिति हेरेर नोटिस निकाल्ने लाइनमा छौँ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित