FLASH NEWS
  • Loading...

भेरोसेलको मौज्दात न्यून, अत्यावश्यक परेकालाई मात्र दिनु -विभाग

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


काठमाडौँ-कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि अत्यबश्यक पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।

पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय भएकाहरुलाई प्राथमिकतामा राखेर भेरोसेल खोप दिन विभागले आफ्ना मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको हो ।

पहिलो मात्रा खोप लगाउन आउनेहरुलाई अहिले कोभिशिल्ड-एस्ट्राजेनेका खोप दिन तथा भेरोसेलको बुस्टर मात्रालाई भन्दा दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई प्राथमिकतामा राख्न भनिएको विभागले जनाएको छ ।

विभागले केही दिनभित्रै भेरोसेलको थप खोप आउने भएकाले अभाव तात्कालिकमात्रै रहेको दाबी गरेको छ । अहिले अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर मात्रा खोप दिइएको छ । मौज्दात कम हुँदा भेरोसेलको बुस्टर मात्रा लगाउनेहरुले केही दिन पर्खिनु पर्ने देखिएको विभागको भनाइ छ ।

कोभिशिल्डको मौज्दात भने रहेकाले पहिलो मात्रा लगाउन आउनेहरुलाई सोही खोप दिन विभागले भनेको हो । यस्तै कोभिशिल्डको बुस्टर मात्रा लगाउन पनि समस्या नरहेको जनाइएको छ ।

पहिलो मात्रा खोप लगाउन आउनेलाई कोभिशिल्ड खोप दिने निणर्य विभागले बुधबार गरेको हो । सो निणर्य कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयलाई भनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित