FLASH NEWS
  • Loading...

निर्वाचन बैशाखमै, बैठकमा माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।

बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ ।

मितिका विषयमा थप गृहकार्य गर्ने र अर्को बैठक बस्ने गरी आजको सत्ता साझेदार दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफलपछि सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन बैशाखमै सम्पन्न गर्न आफूहरु सहमत भएको भएपनि केही गृहकार्य बाँकी रहेकोले अर्को बैठकबाट निर्वाचनको मिति टुंगिने बताए ।

आज सत्तारुढ गठबन्धनका मुख्य दुई जना नेताहरु बैठकमा उपस्थित हुन नसकेपछि सबै कुराको निधो गर्न नसकिएको नेताहरुले बताएका छन । आजको बैठकमा माधवकुमार नेपाल र उपेन्द्र यादव अनुपस्थित थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित