FLASH NEWS
  • Loading...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail


जनकपुरधाम- मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकबाट झण्डै चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ ।

राजधानीका लागि भएको मतदानमा ९९ जनाले मत खसाउँदा ७८ जनाले जनकपुरधामको पक्षमा मतदान गरे। त्यस्तै नामका लागि भएको मतदानमा ८० जनाले मत खसालेपछि नाम र राजधानीको प्रस्ताव दुई तिहाइभन्दा बढीले पास भएको हो ।

राजधानी मधेश र राजधानी जनकपुरधाम
प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको हो ।

आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो ।

त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फवाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो । उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो ।

राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमाथि प्रदेश सभामा उपस्थित ९९ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो । राजधानी जनकपुरधामको पक्षमा दुईतिहाइ बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरु अस्विकृत भएको घोषणा प्रदेश सभाका सभामुख सरोज यादवले गर्नुभयो ।

प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम र त्यसको सिमाना पुर्वमा पुर्व-पश्चिम महेन्द्र राजमार्गदेखि कमला नदी किनार, दक्षिणमा नेपालको भारत सम्मको सिमाना, पश्चिममा परिक्रमा सडक र उतरमा धनुषाको ढल्केबर रहने गरी प्रस्ताव गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित