FLASH NEWS
  • Loading...

कोरोनासहितको संसारमा बाँच्न सिक्नुपर्छ -मुख्यमन्त्री राजेन्द्र पाण्डे

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहिले जस्तो लठिभद्र लकडाउन गर्न नहुने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले भने, “कोरोना भाइरसको तेस्रो भेरियन्ट फैलिँदो छ । बागमती प्रदेशसँग जोडिएको प्रदेश २ मा खुला नाका छन् । मास्क लगाउने पनि भेटिँदैनन् । यसबारे मैले जनप्रतिनिधिलाई जानकारी गराएँ । पर्सा, बारा र मकवानपुरको सीडीओलाई मास्क अभियान चलाउन भनेको छु । सार्वजनिक यातायात पनि व्यवस्थित छैन । यसो भन्दैमा आवागमन रोक्दा नागरिकलाई असुविधा हुन्छ । हामी पहिलेको जस्तो लठभद्र लकडाउन गर्न चाहँदैनौं । अब कोरोनारहित संसार खोज्नुहुँदैन । कोरोनासहितको संसारमा बाँच्न सिक्नुपर्छ ।”
कोरोनाको तेस्रो भेरियन्ट देखा परेपछि बागमती प्रदेश सरकारले आफ्नो अध्यक्षतामा गठित निर्देशक समितिमार्फत नियन्त्रण र उपचारका काम भइरहेको उनले बताए । उनले थपे, “१३ जिल्लाको स्थिति बुझेर अस्पताललाई तयारी हालतमा राखेका छौं । बुस्टर डोज लिने व्यवस्था मिलाएका छौं । अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन दिएका छैनौं । रसुवाबाहेकका जिल्लामा अक्सिजन प्लान्टको व्यवस्था मिलाएका छौं । जनशक्ति अभाव भएकाले करारमा लिँदैछौं ।”
चेपाङ समुदायलाई पनि गाउँमै खोपको व्यवस्था मिलाएको मुख्यमन्त्री पाण्डेले बताए । उनले थपे, “हाम्रो प्रदेशमा चेपाङ जातिमा खोप लगाउनुहुँदैन भन्ने भ्रम रहेछ । गाउँमै लगेर खोप लगाउने प्रबन्ध मिलाएका छौं ।”
काठमाडौं उपत्यकामा कोरोना संक्रमण धेरै फैलिएको आफूले पाएको पनि उनले औंल्याए । उनले भने, “कोरोना आम रुपमा फैलिएको देखिएको छ । म सिंहदरबारभित्र पस्दा हरेक मन्त्रालयमा २०, ३० जना कर्मचारी संक्रमित भएको पाएँ । यसकारण अफिस नै खाली खाली भएको रहेछ । तर दोस्रो भेरियन्टको जस्तो मृत्युदर छैन । आईसीयू, भेन्टिलेटर प्रयोग गर्नुपर्ने अवस्था छैन । अक्सिजनको अभाव पनि छैन । धेरैजसो अस्पतालले लिक्विड प्लान्ट राखेका छन् ।”
कोरोनाको मौका छाप्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने र जनतालाई सकभर निःशुल्क उपचार दिनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भने, “कोरोनाका मौका छोपेर जनताको स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन । सरकारले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने कुरा जायज हो । तर हाम्रो जस्तो आर्थिक स्थिति भएको देशले कति गर्न सक्छ ? हाम्रो तर्फबाट गर्न सक्नेजति आवश्यक काम गछौं । संघीय सरकारलाई पनि घचघच्याउँछौं ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित