FLASH NEWS
  • Loading...

रामकुमारीको सय दिन: समस्या र समन्वय अभाव

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail
सहरी विकास मन्त्री रामकुमारी झाक्री


काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक-अर्काबीचको समन्वय अभाव पाएको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी गराएकी हुन् ।

उनले आफू मन्त्री भएपछि सबैभन्दा ठुलो समस्या समन्वयको भएको पाएको बताइन् । अहिले देशमा तीन तहको सरकार रहेको छ । तीन तहको सरकारको बीचमा अहिले समन्वय नहुने र त्यसकै कारण काम गर्न ठुलो समस्या हुने गरेको आफूले अनुभव गरेको उनले बताइन् । उनले आफूले भौतिक काम भन्दा पनि पेपर वर्क बढी गरेको भन्दै सबै प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने बताइन् ।

उनले तीन तहको सरकारबीचको सहकार्य वा समन्वय मात्र नभएर संघीय मन्त्रालय माताहतको शाखा, महाशाखामा समेत समन्वय नहुने भएको उनले बताइन् । अब आफूले यो सबै कुरालाई चिर्दै कानुन बनाएर अगाडि बढ्ने अन्तिम चरणमा पुगेको समेत उनले सुनाइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित