FLASH NEWS
  • Loading...

सर्बोच्च अदालतलाई कानून सम्मत रिट दर्ता गर्न अपिल

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


नेपाल बार एशोसिएसनका केहि पूर्व पदाधिकारी एवम् वहालवाला सिमित पदाधिकारीहरुले समेत श्री सर्वोच्च अदालत र सिंगो बार एशोसिएसनको मूल्य मर्यादाको मान मर्दन हुने कार्य गरेको प्रति बिरोध जनाउँदै राष्ट्रिय स्वतन्त्र कानून ब्यवसायी संघले बिज्ञप्ति मार्फत बिरोध जनाएको छ ।
बिज्ञप्तिमा भनिएको छ- नेपालको संबिधानले प्रदत्त गरेको न्यायिक हक र कानून ब्यवसायी आचार संहिता २०५१ समेतको बिपरित गई प्रचलित ऐन कानूनको गम्भिर उलंघन भएको, सम्मानित श्री सर्बोच्च अदालतको मूल ढोकाको भित्री आँगनमा नेपाल बार एशोसिएसनको केन्द्रिय कार्यालयलाई प्रयोग गरी बिभिन्नखालका गैर कानूनी उद्गार समेतका नारा, जुलुस, धर्ना, अभद्र व्यबहार लगायतका तमाम अपमानजनक, अबहेलना, ब्यक्तिगत चरित्रहत्या गर्ने खालका अपशब्दहरु प्रयोग गर्दै भाषण गर्ने गराउने कार्य प्रति घोर आपत्ती जनाउँदै आम नेपाली नागरिकले न्याय पाउने अकाट्य मौलिक हक हनन् भएको उल्लेख गरेको छ । बारको आधिकारिक निणर्य बिना अमुक ब्यक्तिको नाम प्रयोग गरी ब्यक्तिगत तुषारोपण गर्दा समेत मौन रहेको तथा नेपाल बारले झुण्ड्याएको ब्यानर, तुल, अमर्यादित, अशोभनिय र गैरकानूनी समेत भएको तथा नेपाल बार एशोसिएसनको आन्दोलनको हवाला दिंदै सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीसहरुले समेत अप्रत्यक्षरुपमा आन्दोलन समर्थन गरे झैं नेपाल बार एशोसियसनबाट भएको पत्राचार अनुसार सम्मानित सर्बोच्च अदालतको ईजलास समेत बिहान १० बजेबाट सञ्चालन नगरी केवल दिनहुँ दिउँसो १२ः३० बजेपछि मात्र सुचारु हुने कार्य आम नेपाली नागरिकले न्याय पाउने अकाट्य मौलिक हक बिरुद्धको क्रियाकलाप भएकोले सो गैरसंबैधानिक कार्य रोक्न तथा अदालतको नियमित ईजलास सुचारु समेतको कार्य हुनुपर्ने माग दावीगरी उत्प्रेषण, परमादेश लगायत जो जे चाहिने आदेश जारि गरी पाउँभनि उपरोक्त मितिमा नै रिट दर्ता गर्नकालागि सर्बोच्च अदालत जाँदा रिट शाखाका प्रमुख रजिष्टार नारायण पन्थीज्यूले १ साता देखि यससंस्थाका प्रतिनिधिहरुलाई ग्रैह जिम्मेबारीपना देखाउँदै आफ्नो पदिय दायित्व र कर्तब्य समेतको गरिमा नराख्ने गरी आफ्नो सम्पूणर् दायित्व बिर्सेर संस्थाको तर्फबाट आउने कानून ब्यवसायीहरुलाई समय समेत नदिई उल्टै ग्रैह जिम्मेवार जवाफ दिंदै फोन सम्पर्क समेत नगर्ने कार्य भएको उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ- आफ्नो चेम्वरमा समेत नबस्ने भएवाट उक्त गैरजिम्मेवारीपनाको व्यहोरा सम्माननिय प्रधान न्यायाधिसज्यूलाई जानकारी गराउँदा उहाँबाट समेत संस्थाका कानून ब्यवसायी प्रतिनिधिहरुलाई समेत ईन्कार गरी रिट दर्तामा उदासिनता देखाउने कार्यबाट सर्बोच्च अदालतले नै न्याय दिलाउन नचाहेको भन्ने भान परेकोले तिन करोड नेपाली जनताकोन्याय पाउने हकका लागि हामीहरुले आ-आफ्नो स्थानबाट सम्मानित सर्बोच्च अदालतलाई कानून सम्मत रिट दर्ताकालागि दबाव सृजना गरी नेपाली जनताले न्याय पाउने संबैधानिक हक अधिकारको रक्षार्थ आदरणियजनसमुदाय समक्ष यस संस्थाबाट अपिल गर्दै न्यायको बाटोमा हामीहरुलाई साथ दिन अनुरोध गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित