FLASH NEWS
  • Loading...

गुण एयरलाइन्सको हवाईजहाज काठमाडौं फर्काइयो

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

आइतबार बिहान १० बजे काठमाडौंदेखि काठमाडौंबाट पोखराको लागि उड्दै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । गुण एयरलाइन्सको १९०० सी-बिचक्राफ्ट जहाज त्रिभुवन विमानस्थलबाट उड्यो । जहाजले धावनमार्ग छाडेलगत्तै जहाजको ककपिटले एउटा खतराको संकेत गर्‍यो ।

ककपिटले जहाजको ढोका नै लक नभएको संकेत दिएपछि पाइलट आत्तिए । एयर ट्राफिकले तुरुन्तै जहाज अवतरण गर्न निर्देशन दिए । त्यसपछि जहाज सुरक्षित अवतरण भयो । जहाज अवतरणपछि सम्बन्धित इन्जिनियरहरूले जहाज जाँच गर्न लागेका नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार जहाज विमानस्थलबाट धेरै पर पुगेको थिएन । नजिकैबाट फकाईएकाले क्षति हुनबाट जोगिएको छ । आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको हो तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’ जहाजमा भएको लापरबाहीबारे छानबिन गरिने प्राधिकरणले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित