FLASH NEWS
  • Loading...

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडौं । दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । अमेजनकी पूर्व कर्मचारी समेत रहेकी उनले दराज नेपालको प्रमुख कार्यकारी पद सम्हालेकी हुन् । यससँगै उनी दराजको व्यवस्थापन तहमा रहने पहिलो नेपाली महिला बनेकी छिन् ।

यस अघि उक्त जिम्मेवारीमा लिनो अरलिङ रहेका थिए । उनी अब दराजको दक्षिण एसिया क्षेत्रको क्षेत्रीय टिममा फर्किनेछन् । यद्यपि कुँवरले दराज नेपालको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको विषय औपचारिक रुपमा बाहिर आएको भने छैन ।

कम्पनीले यही जनवरी १७ मा आफ्नो रिब्रान्डिङ सँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको विषयमा औपचारिक घोषणा गर्ने बुझिएको छ । नेपालको प्रमुख ई-कमर्स प्लेटफर्ममा आउनु अघि कुँवरले करिब साढे पाँच वर्ष अमेजनमा काम गरेकी थिइन् ।

सन् २०१६ मा सिनियर भेन्डर (ब्युटी एन्ड ग्रुमिङ) म्यानेजरको रुपमा नियुक्त भएकी उनले सवा दुई वर्षपछि प्रोडक्ट म्यानेजमेन्ट, कस्टमर ट्रस्ट एन्ड पार्टनर सपोर्ट म्यानेजरको रुपमा काम गरेकी थिइन् । त्यसपछि करिब एक वर्ष ग्लोबल एक्सपान्सन (विश्व बजार बिस्तार) मा सिनियर प्रोग्राम म्यानेजर रहेकी उनी पछिल्लो एक वर्षभन्दा लामो समयदेखि ग्लोबल एक्सपान्सन प्रोग्राम म्यानेजमेन्टको म्यानेजरको जिम्मेवारीमा रहेकी थिइन् ।

अध्ययनको कुरा गर्दा २० वर्ष अघि माइतिघर स्थित सेन्ट जेभियर कलेजबाट विज्ञान विषयमा आईएससी पूरा गरेकी उनले अमेरिकाको सेन्ट क्लाउड युनिभर्सिटीबाट सन् २००७ मा ब्याचलर अफ साइन्ससँगै म्याथम्याटिक्स र इकनोमिक्समा स्नातक पूरा गरेकी थिइन् । यसैक्रममा युनिभर्सिटी अफ मिनेसोटाको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट कुँवरले एमबीए स्टाटेजी विषयमा स्नातकोत्तर पूरा गरेकी थिइन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित