FLASH NEWS
  • Loading...

सिंहदरवार प्रवेश गर्न जारी गरिएको सबै पास खारेज

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail
See the source image


काठमाडौँ । सिंहदरबार परिसरभित्र प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बुधवार हस्ताक्षरित सूचनाअनुसार मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ ।

सूचनामा अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरेर सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिएर सम्बन्धित निकायबाटै जारी गर्ने बताइएको छ ।

तर, सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिइने छ । पत्रकारहरूको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ ।

साथै गृह मन्त्रालयबाट सहमति प्राप्त गर्न शाखा अधिकृत गोपाल श्रेष्ठलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित