FLASH NEWS
  • Loading...

नेपाल समाजवादी कांग्रेसले पृथ्वीनारायणको योगदानलाई सम्झियो

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पृथ्वीनारायण शाहको तीन सय औं जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पृथ्वीनारायणको योगदानको बारेमा चर्चा गरिएको थियो । नेपाल राज्यको एकिकरण कुशल्ता पूर्वक सम्पन्न गरेको भन्दै पार्टी अध्यक्ष गोविन्द निरौलाले खुुलेर प्रशंसा गरे ।

त्यस्तै स्वतन्त्र नागरिकको तर्फबाट बिक्कीजंग राणाले आफ्नो भनाई राख्दै पृथ्वीनारायण शाहले त्यतिबेलै लोकसम्मतिको आधार शासन चलाउने भनेको र त्यसैको निरन्तरता आज पनि भएको साथै अझ सान्दर्भिकता बढेको बताए । पार्टी सचिव मान बहादुर गुरुङले पृथ्वीनारायण शाहको वर्णन गर्नुको साथै जंगबहादुर राणाको समेत प्रशंसा गर्दै जंगे पिलरको प्रसंग सम्झिदै आजको शासक वर्गको यथार्थ आलोचना गरे ।

साथै नेपाल समाजवादी कांग्रेससंग यो राज्य थर्किसकेको भन्दै अब आत्माशरण लिन मात्र बाँकी रहेको सुनाए । कार्यक्रममा स्वागत मन्तव्य दुर्गा भुषालले राख्नु भएको थियो भने केन्द्रीय सदस्यहरु महेश्वरमान वैद्य, मिनबहादुर केसी, पत्रकार द्वय भरत लामिछाने र ताराचन्द्र देवकोटाले आफ्नो भनाई राख्दै पृथ्वीनारायण शाहको राज्य एकिकरणको प्रशंसा गरेका थिए । राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराज्य र राजसंस्थाको मुद्धा अघि सारेर राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेको नेपाल समाजवादी कांग्रेसले वर्तमान शासक वर्गहरु हत्या, अपहरण, बलात्कार, कुसाशनको संरक्षक बनेको र राज्यसत्ता चलाउन समेत असफल भएको भन्दै निरन्तर आवाज उठाउदै आएको छ ।

भ्रष्टाचार बढेको, संघीयतामा लगेर देशलाई विघटनको बाटोमा लगेको, वर्तमान संविधान असंवैधानिक र विभेदित रहेको र देशको प्रधानमन्त्री अदालतको परमादेशबाट ताकिनु प्रजातन्त्रको नाममा निरंकुशताको जन्म भएकोले नागरिक प्रजातन्त्रको स्थापना गर्न आवश्यक भएको पार्टी अध्यक्ष गोविन्द निरौला प्रष्ट रुपमा बताउँछन् । संघीयता र धर्मनिरपेक्षताको खारेजी नभए देश नबच्ने भन्दै निरौलाले सामाजिक संरचना महत्व स्थापित गर्न पनि परिवर्तन आवश्यक भएको कुरा औंल्याए ।
सर्वोच्च अदालतको फैसलाले नयाँ निरंकुशताको निरन्तरता दिएको छ । हामीले सर्वोच्च अदालतमा २०७२ सालको संविधानले देश नबचाउने भएकोले त्यसलाई खारेज गर्न र नयाँ संविधानको घोषणा गर्न मार्ग गरिपाउँ भन्ने दरखास्त निवेदन भएकोमा अदालतबाट अधिकार क्षेत्रभित्र नपर्ने फैसला ग¥यो । यो राज्य व्यवस्था नै खारेज गर्नुपर्नेमा अदालतले त्यसो गर्न सकेन । एक अर्कै प्रसंगमा प्रजातान्त्रिक मुलुकमा परमादेशबाट प्रधानमन्त्री बनाउनु लाजमर्दो अवस्था भएको निरौलाको स्पष्ट अडान थियो । यस राज्य सत्ता खारेज गरि नेपाल समाजवादी कांग्रेस सहितको राष्ट्रिय सरकार गठन गरि राष्ट्रिय सहमति गरि नयाँ संविधान जारी गरि देशलाई चुनावको बाटोमा लैजानुपर्छ । त्यसरी मात्र देश प्रजातन्त्रको बाटोमा जान्छ । अहिलेको बाटो प्रजातान्त्रिक होईन । यहि अवस्था चलिरहे देशमा गृहयुद्ध वा देश नै विघटन हुन्छ ।

यसलाई रोक्न वर्तमान निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय सरकार, राष्ट्रिय सहमति र नयाँ सविधान घोषणा गर्नु पर्दछ । त्यसरी मात्र अहिलेको राजनीतिक अवरोध हट्छ । अहिले हामी राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेका छौं । दमन भए आन्दोलनको स्वरुप फेर्छौं । वर्तमान संविधान र अहिले व्यवस्थाले धोका मात्र भएको छ । राजनीतिक स्थिरता भएन, गाँस, वास, कपास र रोजगार पाउन सकेनन् । सरकार पुरै भष्ट हुनेवाला छ । विदेशीको इसारा विना सरकार चल्नै सकिरहेको छैन । राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्था विभेदकारी रहेकाले यसलाई फ्याँकी नयाँ व्यवस्था ल्याउन लागि परेका छौं ।

नेपाल समाजवादी कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, सार्वभौमिकताप्रति प्रतिबद्ध रहेकोले संवैधानिक प्रजातन्त्र स्थापनाको निम्ति संघर्षशील छ । राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको निम्ति राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरि सकेकोले देश बचाउनको निम्ति सबै नेपाली जनताहरुलाई सञ्चालन गरिएको आन्दोलनमा सहभागी हुन हार्दिक अनुरोध समेत गरेको छ । नेपालमा भएको वर्तमान व्यवस्थालाई प्रजातान्त्रिक भन्ने हो भने अमेरिका, बेलायत र भारतले खोजेको प्रजातन्त्रको परिभाषा के हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ । र यसैलाई नेपालमा प्रजातन्त्र भन्ने हो भने चीन भएको राज्यव्यवस्थालाई पनि प्रजातान्त्रिक मान्नु पर्ने छ । अर्थात नेपालमा भएको बारुदी आतंकवाद (माओवादी) र अमेरिका र भारतले सञ्चालन गर्ने बारुदी आतंवादलाई प्रजातन्त्र मान्न सकिदैन निरौलाले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित