FLASH NEWS
  • Loading...

माघ १५ गतेसम्म विद्यालय बन्द

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

काठमाडौं ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले गोल्डेनखबरलाई जानकारी दिए । उनले भने,’ सीसीएमसीसीको निर्णय हामीले कार्यान्वयन गर्छौं । केहीबेरमा सूचना जारी गर्छौं ।’

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

जनस्वास्थ्यविदहरूको सल्लाहअनुसार आइतबार मात्र सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित