FLASH NEWS
  • Loading...

‘प्रचण्ड’ र नारायणकाजीलाई कोरोना संक्रमण

  • गोल्डेन खबर
  • २ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।
माओवादी केन्द्रिय कार्यलयका सचिव श्रीराम ढकालकाअनुसार केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
सचिवालयका अनुसार अहिले प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।
प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित