FLASH NEWS
  • Loading...

फेरी ’स्मार्ट लकडाउन’ गर्ने तयारी

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । यसैबीच सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए ’स्मार्ट लकडाउन’ गर्ने तयारी पनि गरेको छ ।

पछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो ।

सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन् ।

सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपाल भन्छिन्, “छलफलमा ’हामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छ’ भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।“

प्रधानमन्त्रीका तीन निर्देशन
उक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।

स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताइन्।

सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उनले बताइन्।

प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए ।

के फेरि लकडाउन लाग्ला?
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन् ।

सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको हो ।

एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरि स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।

तर प्रवक्ता नेपाल भन्छिन्, “हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ । आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो । त्यस्तै अभ्यास अघि बढ्न सक्छ । यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन ।“

सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गरिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित